ताजा जानकारी:
परिचय

प्रदेशमा स्वास्थ्यसंग सम्बन्धित आपूर्तिको उचित व्यवस्थापन सुनिश्चित गर्न कर्णाली प्रदेश सरकार मन्त्रीपरिषदको मिति 2078/10/12 गतेको निर्णय अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, सुर्खेतको स्थापना भएको हो। यस आपूर्ति केन्द्रले आकस्मिक तथा आधारभूत  स्वास्थ्य सम्बन्धि औषधिहरु(प्रदेशको खरिद तथा वितरण अख्तियारीमा रहेका) तथा औजार उपकरण खरिद तथा वितरण गर्ने साथै संघबाट प्राप्त भएका औषधि, भ्याक्सिन तथा स्वास्थ्य सामाग्रीहरु प्रदेशका सबै जिल्ला जन/स्वास्थ्य कार्यालयहरुमा नियमित तथा माग बमोजिम पठाउने गर्दछ ।

यस कार्यालयको मुख्य जिम्मेवारी निम्न अनुसार रहेका छन्:

  • आपूर्ति श्रृखला व्यवस्थापनसँग सम्बन्धित वार्षिक योजना तर्जुमा गर्नुका साथै अत्यावश्यक औषधिहरु एवं सबै किसिमका स्वास्थ्य सामग्रीहरु औजार उपकरणको खरिद, भण्डारण, वितरण र ढुवानी चुस्त-दुरुस्त राख्ने ।
  • प्रदेश स्तरमा अत्यावश्यक औषधीहरु एवं सबै किसिमका स्वास्थ्य सामाग्री प्रवाहको पुनरावलोकन एवं आवश्यक प्रक्षेपण तथा सिफारिस साथै चौमासिक तथा वार्षिक समीक्षा बैठकको आयोजना गर्ने ।
  • आवश्यकता अनुसार विद्दुतीय आपूर्ति श्रृखला व्यवस्थापन सूचना प्रणालीलाई पुनरावलोकन गरी अद्धावधिक गर्ने तथा आपुर्ति श्रृखला व्यवस्थापन प्रणालीमा आईपर्ने गम्भीर समस्या जस्तै सामग्रीको शून्य मौज्दात, अत्याधिक मौज्दात, वितरणमा असन्तुलन हुन नदिन आवश्यक कार्य गर्ने ।
  • आपूर्ति श्रृखला व्यवस्थापनका लागि आवश्यक जनशक्ति विकासका साथै कार्यस्थलमा सिकाई अभ्यासमा सहयोग गर्नुका साथै आपूर्ति श्रृखलालाई समय सापेक्ष बनाउन आवश्यक पर्ने जनशक्तिको निरन्तर विकास, आवश्यक ज्ञान, सीप र दक्षताको पहिचान गरी प्रतिष्पर्धी र क्षमतायुक्त बनाउने ।
  • आपूर्ति श्रृखला व्यवस्थापन विविध पक्षमा प्राविधिक दक्षता हासिल गर्न सम्बन्धित निर्देशिका वा मापदण्ड अनुसार कर्मचारीको कार्यविवरण, कार्य मापदण्ड एवं स्तरीकरण, सस्थागत तालिम, अनसाइट कोचिङ्ग मेन्टरिङ्ग लगायत प्राविधिक विशेषज्ञता प्रदान गर्ने ।
  • अत्यावश्यक औषधिहरु एवं स्वास्थ्य सामग्रीहरुको आपूर्ति श्रृंखला सुधारका लागि सरोकारवालाहरुका साथै विकास साझेदारहरुसँग आपसी सहयोग र समन्वय गर्ने ।
  • आपूर्ति श्रृखला व्यवस्थापनमा सुधार ल्याउनका लागि नविनतम कार्यको पहिचान र अवलम्बन गर्नु/ गराउनुका साथै कुशल अभ्यास एवं प्रक्रिया बसाउन सहकार्य गर्ने ।
  • आपूर्ति श्रृखलासँग जोडिएका सफलताका कथा, सिकाइ उपलब्धिहरु पहिचान गरी व्यवहारमा लागु गर्ने ।
  • आपूर्ति श्रृखंला व्यवस्थापनमा भएका कमी कमजोरीहरुको लेखाजोखा एवं मुल्याङ्कन गरी सुधारका लागि आवश्यक कार्य गर्नुका साथै सम्बन्धीत नीति, रणनीति एवं निर्देशिकाको पुनरावलोकन गरी सुधारका लागि आवश्यक कार्य गर्ने ।
  • सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश मातहत रही प्रदेशमा स्वास्थ्यसंग सम्बन्धित आपूर्तिको उचित व्यवस्थापन सुनिश्चित गर्ने ।